एजेन्सी । फ्रान्स र इंग्लिस क्लब आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरीले सामाजिक सञ्जाल परित्यागको घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत भइरहेको रंगभेद तथा बुलिङ्गका कारण आफू सबै सामाजिक सञ्जालबाट बाहिर बस्ने निर्णयमा पुगेको उनले बताएका छन् । ४३ वर्षका हेनरीले २३ लाख फलोअर्स रहेको आफ्नो ट्वीटर ह्याण्डलमा रंगभेद तथा बुलिङ्गको समस्या विषाक्त बनेको उल्लेख गरे…