एजेन्सी । टोक्यो ओलम्पिक आयोजक समितिले खेल रद्द हुनसक्ने संकेत गरेको छ । टोक्यो ओलम्पिकका प्रमुख तोशिरो मुटोले कोभिड संक्रमितको संख्या शुक्ष्म निरीक्षण गर्दै आवश्यकताका आधारमा निर्णय गरिने बताए । बुधबार भएको पत्रकार सम्मेलनमा मुटोलाई यस अवस्थामा आएर ओलम्पिक रद्द हुनसक्छ भन्ने प्रश्न गरिएको थियो । जवाफमा मुटोले ओलम्पिक रद्द गर्ने आशंकालाई इन्कार गर्न नसकिने…