काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिमको लक्ष्य एएफसी महिला एसियन कप–२०२२ मा छनोट हुने बताएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै प्रशिक्षक फिलिप्सले एसियन कपमा छनोट हुने लक्ष्य लिएको बताएका हुन् । नयाँ र अनुभवी खेलाडीको संयोजन भएको तथा दैनिक रुपमा खेलाडीहरूको प्रशिक्षणको क्रममा सुधार देखिएकाले…