चेल्सी, युनाइटेड र आर्सनल विजयी « Image Khabar


चेल्सी, युनाइटेड र आर्सनल विजयी



एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी, म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् ।

शिर्ष स्थानको चेल्सीले न्युकासल युनाइटेडलाई ३–० ले हराउँदा दोस्रो स्थानको लिभरपुललाई ब्राइटनले २–२ गोलको बराबरीमा रोक्यो ।

गएराति लिग तालिकाको तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई भने क्रिष्टल प्यालेसले २–० ले पराजित गरेको छ । म्यान्चेस्टर युनाइटेडले टोटनह्याम हट्सपरमाथि ३–० को प्रभावशाली जित निकाल्दा आर्सनलले लेष्टर सिटीलाई २–० ले पाखा लगायो ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १० खेलबाट २५ अंक जोडेको चेल्सी शिर्ष स्थानमा रहेको छ । समान खेलबाट २२ अंक जोडेको लिभरभपुल दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको म्यान्चेस्टर सिटीको २० अंक छ ।