काठमाडौं । नेपाल सुपर लिग फुटबलमा चितवन एफसी र बुटवल लुम्बिनी एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा चितवन र बुटवलले २–२ गोलको बराबरी खेलेका हुन् । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चितवन बराबरीमा रोकिएको हो । चितवनका लागि जर्ज प्रिन्स कार्की र टेकबहादुर बुढाथोकीले गोल गर्दै चितवनलाई २–०…