काठमाडौं । देशव्यापी अन्तरवडा खुला टेबलटेनिस प्रतियोगितामा पुरुष सिंगल्सतर्फका विजेता अमरलाल मल्ललाई सम्मान गरिएको छ । स्पिन इभेण्ट प्रा.लि.को आयोजनामा चैत २ देखि ७ गतेसम्म लैनचौरमा भएको प्रतियोगितामा पुरुष एकलमा स्वर्ण पदक विजेता मल्ललाई काठमाडौं महानगरपालिका वडा नं.२५ र भेडासिं परिवारले नगदसहित सम्मान गरेको हो । विजेता अमर वडा नं.२५ कै स्थानीय बासिन्दा हुन् ।…