युभेन्टस अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनौट « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


युभेन्टस अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनौट


0
Shares

एजेन्सी । साविक विजेता युभेन्टस अन्तिम खेलमा जित निकाल्दै च्याम्पियन्स लिगका लागि छनौट भएको छ ।

अन्तिम खेलमा फराकिलो जित दर्ता गर्दै युभेन्टस अर्को सिजन यूईएफए च्याम्पियन्स लिगका लागि छनौट भएको हो ।

लिगको अन्तिम खेलमा युभेन्टसले बोलोग्नालाई ४–१ गोलअन्तरले हराएपछि युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

यस्तै अर्को खेलमा एसी मिलानले एटलान्टालाई २–० ले हरायो ।

अंक तालिकामा च्याम्पियन इन्टरले ३८ खेलमा २८ जितका साथ ९१ अंक जोड्यो भने दोस्रो स्थानको एसी मिलानले २४ जित २८ जितका साथ ७९ अंक बनायो ।

एटलान्टा र युभेन्टस समान ७८ अंक रहेपनि हेड टु हेडमा एटलान्टा तेस्रो स्थानमा रहयो ।