Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


अर्जेन्टिना र चिलीले बराबरी खेले

एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीले १–१ गोलको बराबरी खेलेका छन् । ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाका लियोनल मेस्सीले पहिलो गोल गरे । तर चिलीका इडुवार्डो भार्गासले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो । यही समुहको अर्को खेलमा अहिले पाराग्वे र बोलिभिया भिडिरहेका छन् ।