काठमाडौं । राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपका लागि अन्तिम तयारी कतारको दोहामा गर्ने भएको छ । असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टोली भदौ २५ गते कतार जाने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । त्यहाँबाट टोली असोज ११ गते माल्दिभ्स जानेछ । अर्को साता भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण…