Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


महिला खुला तौल समूहको करातेमा आर्मीकी मन्जु पहिलो

काठमाडौं । नेपाल आर्मीकी मन्जु विक १७औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता अन्तर्गत महिला खुला तौल समूहमा पहिलो भएकी छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साेमबार भएको फाइनलमा मन्जुले सो क्योकुसिनकी शिवानी श्रेष्ठलाई पराजित गरिन् । करिष्मा कार्की तेश्रो तथा चन्दाकुमारी भुजेल चौथो भइन ।…