साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा हुने « Imagekhabar – Online News Portal of Nepal


साफ च्याम्पियनसिपको अन्तिम तयारी कतारमा हुने


0
Shares

काठमाडौं । राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपका लागि अन्तिम तयारी कतारको दोहामा गर्ने भएको छ ।

असोज १५ गतेबाट माल्दिभ्समा सुरु हुने साफ च्याम्पियनसिपको तयारीका लागि फुटबल टोली भदौ २५ गते कतार जाने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । त्यहाँबाट टोली असोज ११ गते माल्दिभ्स जानेछ ।

अर्को साता भारतविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलको तयारीका लागि टोली अहिले पोखरामा रहेको छ । नेपाल र भारतबीच दशरथ रंगशालामा भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुनेछ । भारत पनि साफ च्याम्पियनसिपको तयारीकै क्रममा मैत्रीपूर्ण खेलका लागि नेपाल आउन लागेको हो ।

आयोजकसमेत रहेको साविक विजेता माल्दिभ्सँग असोज १५ गते खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेलमा श्रीलंकासँग असोज १८ र तेस्रो खेलमा भारतसँग असोज २४ तथा लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ गते खेल्नेछ ।

पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० गते प्रतिस्पर्धा गर्नेछन् ।