काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबमाथि ३–१ को जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराएको हो । आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए…