‘ए’ डिभिजन लिग : फ्रेन्ड्समाथि आर्मीको ३–१ को जित « Image Khabar


‘ए’ डिभिजन लिग : फ्रेन्ड्समाथि आर्मीको ३–१ को जित


130
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबमाथि ३–१ को जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराएको हो ।

आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।

जितसँगै आर्मी लिगको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीले ९ खेलमा १७ अंक जोडेको छ ।

फ्रेन्ड्सको ९ खेलमा ३ अंक रहेको छ । फ्रेन्ड्स अंक तालिकाको पुछारमा छ । यो हारसँगै फ्रेन्ड्समाथि रेलिगेसनको दबाब पनि बढेको छ ।