‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै « Image Khabar


‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै


286
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवौं चरणअन्तर्गत आज शनिबार दुई खेलहरु हुँदैछन् । दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

पहिलो खेल दिउँसो १ बजे फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

३ अंक जोडेर पुछारमा रहेको फ्रेन्ड्सले आर्मीलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । फ्रेन्ड्स जारी लिगमा जित्न निकाल्न नसक्ने एक्लो टिम हो । चौंथो स्थानमा रहेको आर्मी फ्रेन्ड्सलाई हराएर तेस्रो स्थानमा उक्लन चाहन्छ ।

यस्तै, दोस्रो खेलमा बेलुका पौने पाँच बजे थ्री स्टार क्लब र संकटा क्लब खेल्नेछन् ।

पाँचौं स्थानमा रहेको थ्री स्टार संकटालाई हराएर अंक तालिका सुधार्न चाहन्छ । यस्तै, तेस्रो स्थानमा रहेको संकटा थ्री स्टारलाई हराएर आफ्नो शीर्ष तीनको स्थानलाई कायम राख्न चाहन्छ ।