काठमाडौं । यूएफा नेसन्स लिग फुटबलको पहिलो खेलमा इंग्ल्यान्ड हंगेरीसँग पराजित भएको छ । हंगेरीको बुडापेस्टमा शनिबार राति भएको खेलमा इंग्ल्यान्ड हंगेरीसँग १–० ले पराजित भएको हो । घरेलु टोलीलाई जित दिलाउन डोमिनिक सोबोस्लियाले खेलको ६६ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । यो जितसँगै हंगेरीले लिग ‘ए’ को समुह ३ मा अग्रता लिएको छ…