२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


स्विडेनसँग बराबरीमा रोकियोे साविक विजेता नेदरल्याण्ड्स


78
Shares

काठमाडौं । यूरोकप महिला फुटबलमा साविक विजेता नेदरल्याण्ड्सलाई स्विडेनले बराबरीमा रोकेको छ ।

इंग्ल्याण्डको शेफिल्डमा शनिबार राति भएको खेलमा नेदरल्याण्ड्सलाई फिफा महिला वरियतामा दोस्रो स्थानको टोली स्विडेनले १–१ को बराबरीमा रोकेको हो ।

खेलमा स्विडेनकी याना एन्डर्सनले ३५ औं मिनेटमा पहिलो गोल गरिन् । ५२ औं मिनेटमा नेदरल्याण्ड्सकी जिल रोर्डले एक गोल फर्काएपछि खेल बराबरीमा टुंगिएको हो ।

यही समुहको अर्को खेलमा स्विट्जरल्याण्ड र पोर्चुगलले पनि २–२ को बराबरी खेलेका छन् ।

खेलमा स्विस टोलीकी कौम्बा सोउ र राहेल किविचले सुरुवाती दुई गोल गरेका थिए । तर, पोर्चुगलका रिबेरो गोमेज र मानेन्जे सिल्भाले दोस्रो हाफमा दुई गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए ।

शनिबार रातिका खेलहरुपछि समुह ‘सी’ का सबै चार टोलीले एक एक अंक जोडेका छन् ।

युरोकप फुटबलमा आइतबार राति समुह ‘डी’ का दुई खेल हुनेछन् । आज बेल्जियमले आइसल्याण्डसँग खेल्दा फ्रान्स र इटाली भिड्नेछन् ।