काठमाडौं । यही फागुन ११ गतेबाट शुरु हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुासार प्रतियोगिताका खेल बैतडीको दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा रहेको दशरथचन्द क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोतिगतामा आठ टोली सहभागी हुनेछन भने खेल प्लेट र एलाइट गरेर…