कैलाली । १३ औं कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता धनगढी रंगशालामा सकिएको हो । कैलाली जिल्लाका १३ वटै स्थानीय तहहरुका झण्डै एक हजार बढी खेलाडीहरुको सहभागीता रहेको प्रतियोगितामा धनगढी उपमहानगरपालिका विजयी भएको छ । धनगढीले १६ स्वर्ण, ५ रजत र ५ कास्य…