एजेन्सी । अमेरिकी खेलाडी टोमी पाउललाई हराउँदै सर्बियन टेनिस स्टार नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । मेलबर्नमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा टोमीलाई ७–५, ६–१ र ६–२ ले हराउँदै ९ पटकको च्याम्पियन जोकोभिच फाइनलमा प्रवेश गरेका हुन् । ३५ वर्षीय जोकोभिचले गत वर्ष भने खेल्न पाएका थिएनन् । कोभिड–१९ को खोप नलगाएको…