काठमाडौं । नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ प्रकरणले आलोचित बनेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठक मंगलबार पोखरामा बस्दैछ । क्यानका ७ जना कार्यसमिति सदस्यले राजीनामा मागेको दुई दिनपछि बोर्ड बैठक बस्न लागेको हो । बोर्ड बैठकमा १७ वटा एजेन्डामाथि छलफल हुने बताईएको छ । बोर्ड बैठकमा मुख्य एजेन्डाका रूपमा पूर्व कप्तान सन्दीप लामिछानेमाथिको निलम्बन…