एजेन्सी । दक्षिण अफ्रिकामा जारी आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा बिहीबार एक खेल हुँदैछ । बिहीबार खेल समूह ‘ए’ मा रहेका अष्ट्रेलिया र श्रीलंकाबीच हुँदैछ । यो खेल नेपाली समयअनुसार साँझ पौने ७ बजेबाट सुरू हुनेछ । दुवै खेल जितेका यी दुई टोली बिहीबारको खेल पनि जितेर सेमिफाइनल सम्भावना बलियो बनाउन चाहान्छन् ।…