एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल र लिभरपुलले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेलेका हुन् । खेलको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । यसैगरी, २८ औं मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाए ।…