काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुने भएकाे छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साेमबार बिहान ९ बजेदेखि खेल सुरु हुने भएकाे हाे । यो खेलको विजेता टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया कप क्रिकेटमा सहभागि हुन पाउनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफ्गानिस्तानसँग प्रतिस्पर्धा गर्न पाउने…