काठमाडौं । साविक विजेता काठमाडौं रेजर्सलाई हराउँदै ललितपुर सिटी एफ.सी नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा ललितपुरले १० खेलाडीमा सिमित काठमाडौंलाई ३–० ले हरायो । काठमाडौँमाथि शानदार जित निकाल्दै ललितपुरले लिग चरणमा बेहोरेको हारको बदला समेत लिएको छ । ललितपुरका लागि इमोह इजिकिएलले २ र…