काठमाडौं । चिनमा जारी १९ औं एसियन गेम्सको महिला कबड्डीमा नेपालले पहिलो खेल जितेको छ । सोमबार बिहान भएको समुह ‘बि’ को पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले हराएको हो । नेपालले अब दोस्रो खेलमा मंगलबार इरानको सामना गर्नेछ । एसियन गेम्सको महिला कबड्डीतर्फ समुह ‘बि’ मा नेपाल, बंगलादेश र इरान छन्भने समुह ‘ए’ मा…