काठमाडौं । इंग्ल्याण्डको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले पद छोडेका छन् । साउथगेटले युरो कप फाइनलको हारपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको इंग्लीश फुटबल संघले जनाएको छ । जर्मनीमा सम्पन्न युरोपियन फुटबल च्याम्पियनसिपको फाइनलमा इंगल्याण्ड स्पेनसँग २–१ ले पराजित भएको थियो । यो साउथगेटको प्रशिक्षणमा इंगल्याण्डको लगातार दोस्रो युरो कप फाइनल हार थियो…