काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा न्युकासल युनाइटेडले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ४–१ ले हराएको छ । २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा फर्किएको इंग्लिश टोली न्युकासलले आफ्नै मैदानमा भएको खेलमा पिएसजीमाथि ४–१ गोलको फराकिलो जित निकालेको हो । यही समुहको अर्को खेलमा गएराति जर्मनीको बोरुसिया डर्टमण्ड र इटालीको एसी मिलानले गोलरहित बराबरी खेलेका छन् ।…