१० चैत्र २०८१, आइतबार | Mon Mar 24 2025


एसियन गेम्समा नेपालको कास्य पदक पक्का


4.706k
Shares

काठमाडौं । चिनमा जारी १९ औं एसियन गेम्समा नेपालले कम्तिमा एउटा कास्य पदक जित्ने पक्का भएको छ ।

महिला कबड्डीतर्फ समुह ‘बि’ को अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई हराएपछि नेपालको कम्तिमा कास्य पदक निश्चित भएको हो ।

यो समुहको पहिलो खेलमा नेपालले बंगलदेशलाई हराएको थियो भने दोस्रो खेलमा नेपाल इरानसँग हारेको थियो । समुहमा दुई खेल जितेको इरान समुह विजेता तथा एक खेल जितेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सात टोली सहभागि महिला कबड्डीमा समुह ‘ए’ मा चार तथा ‘बि’ मा तिन टोली छन् । सेमिफाइनलमा पुगेको नेपालले अबको खेल जितेको खण्डमा कम्तिमा रजत पदक पक्का हुनेछ भने हारेको खण्डमा कास्य पदकमै सिमित हुनुपर्नेछ ।

एसियन गेम्समा करातेतर्फका खेलहरु पनि बाँकी रहेकोले नेपालको थप पदक संभावना पनि जिवित छ ।