काठमाडौं, जेठ ६ । पञ्जावलाई हराउँदै बैंग्लोर इन्डियन प्रिमियर लिग क्रिकेट आईपिएलको दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राति बैंग्लोरको चिनास्वामी रंगशालामा भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले किङ्स इलेभेन पञ्जावलाई डकवर्थ लुईस नियमका आधारमा ८२ रनले हरायो । खेलमा पहिले ब्याटिङ गरेको बैंग्लोरले १५ ओभरमा घटाइएको खेलमा ३ विकेट गुमाएर २ सय ११ रन बनायो…