लन्डन, जेठ १४ । इङ्लिस फुटबल क्लब म्यान्चेस्टर युनाईटेडले प्रशिक्षक जोजे मौरिन्होलाई क्लवमा भित्र्याउन आवश्यक सहमति जुटेको दाबी गरेको छ । म्यान्चेस्टर युनाईटेडका उच्च अधिकारीहरुले मौरिन्होका एजेन्टसँग पछिल्लो तीन दिन लगातार छलफल गरेपछि सहमतिमा पुगेको दाबी गरिएको छ । यद्यपी मौरिन्हो र म्यान्चेस्टर युनाइटेडबीच औपचारिक सहमति हुन भने बाँकी छ । सम्झौतापत्रमा हस्ताक्षर भएपछि शनिबार…