कोलकाता, वैशाख २३ । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा कोलकाता नाईट राईडर्सले किङ्स ईलेभेन पञ्जावलाई ७ रनले हराएको छ । कोलकाताको ईडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रन बनायो । कोलकाताका लागि रोविन उथप्पाले ७० रन तथा गौतम गम्भिरले ५४ रन जोडे…