काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज पनि दुई खेल हुनेछन् । आज बिहान ९ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्नेछन् । यस्तै आजै हुने अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्नेछन् ।