काठमाडौं । पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो । जितको लागि १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर १ बलमा ३ विकेटको नोक्शानीमा लक्ष्य पूरा ग¥यो । ओपनर अनिल साह १ रनमा विपिन खत्रीको…