Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधि म्यानमारलाई


2.7k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलको उपाधि म्यानमारले जितेको छ ।

दशरथ रंगशालामा बुधबार साँझ आयोजित प्रतियोगितामा म्यानमारले नेपालमाथि दुई शून्यको जित निकालेको हो ।

रंगशालामा खचाखच दर्शकबीच भएको खेलको पहिलो हाफ गोलरहित बराबरी रहेकोमा दोस्रो हाफको ६० मिनेटपछि म्यानमारले दुई मिनेटको अन्तरमा दुई गोल गरेको हो.। ६२औं मिनेटमा पहिलो गोल गरेको म्यानमारले ६४औं मिनेटमा अर्को गोल थपेको थियो ।

नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि भिडन्तमा उत्रिएको थियो । काठमाडौंमा आयोजित प्रतियोगिताका तिन वटा लिग खेलमा म्यानमारले उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपाल र म्यानमारले समुह चरणमा किर्गीस्तान र लेबनानलाई हराएका थिए ।

लिग चरणको अन्तिम खेलमा भने नेपाल र म्यानमारले दुई दुई गोलको बराबरी खेलेका थिए ।