काठमाडौं, असोज १४ । युरोपियन क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगिता युरोपा लिगअन्तर्गत गएराति भएको खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाईटेड विजयी भएको छ । अघिल्लो खेलमा नेदरल्याण्ड्सको फेयनुर्डसँग १–० ले पराजित म्यानचेस्टर युनाईटेडले गएराति भएको खेलमा भने युक्रेनको जोर्या लुहान्स्कलाई १–० ले नै हरायो । खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन ज्लातन ईब्राहिमोभिचले निर्णायक गोल गरे ।…