Logo ३० असार २०८३, मंगलबार | Wed Jul 15 2026


पारा ओलम्पिकमा चीनको अग्रता कायमै

काठमाडौं, भदौ २६ । ब्राजिलको रियो दि जेनेरियोमा जारी पारा ओलम्पिक खेलकुदको पदक तालिकामा चीनको अग्रता कायमै छ । कुल २६ स्वर्ण पदकको साथ चीन शीर्ष स्थानमा रहँदा १५ स्वर्ण पदक जितेको बेलायत दोस्रो स्थानमा छ । यसैगरी १२ स्वर्ण पदक जितेको युक्रेन तेस्रो स्थानमा छ भने ८ स्वर्ण पदकका साथ अमेरिका चौथो स्थानमा छ…