काठमाडौं, असोज १२ । रेडबुल फुटसल लिग २०७३ अन्तर्गत् बुधबारका खेलहरुमा कुमारी फुटसल, बानेश्वर रिक्रिएसन सेन्टर र शंखमुल फुटसल विजयी भएका छन् । समूह ‘बी’को दोस्रो खेलमा पकनाजोलको कुमारी फुटसलले बौद्धको हाइवे फुटसललाई ३–१ ले हरायो । खेलमा कुमारीलाई विजयी गराउन रुपेश क्षेत्री, अलिग तामाङ र अभिषेक रिजालले एक–एक गोल गरे । पराजित टोली हाइवेका…