काठमाडौं । दोस्रो पटक एएफसी कप क्वालिफायरको प्रारम्भिक चरण खेल्ने तयारीमा रहेको नेपालको शीर्ष डिभिजन क्लव मच्छिन्द्र फुटबल क्लवले आफ्नो प्रशिक्षणमा तिब्रता दिइरहेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स मैदानमा मच्छिन्द्रले प्रशिक्षण शुरु गरेको छ । एएफसी कप क्वालिफायरको प्रारम्भिक चरणको पहिलो खेलमा मच्छिन्द्रले भूटानको लिग च्याम्पियन पारो एफसीबिरुद्ध चुनौति प्रश्तुत गर्नेछ…