काठमाडौं । ओपनर आशुतोष घिरैयाको सतकप्रेरित बागमती प्रदेशले जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार कोशी प्रदेशमाथि जित निकाल्यो । बागमतीले कोसीमाथि ६४ रनको जित निकाल्दै जारी प्रतियोगितामा तेस्रो सफलता प्राप्त गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बागमती दिएको दुई सय ७४ रनको लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा दुई सय ९…