काठमाडौं, साउन ४ । ब्राजिलको रियो दी जेनेरियोमा दुई हप्तापछि सुरु हुने ओलम्पिक खेलकुदमा रुसका कुनै पनि खेलाडीले सहभागिता जनाउन नपाउने सम्भावना बढेको छ । रुसी खेलकुदमा राज्यद्वारा प्रायोजित डोपिङको असर सोचेभन्दा निकै बढी रहेको अध्ययन प्रतिवेदन सार्वजनिक भएसँगै रियो ओलम्पिकबाट रुसी खेलाडीलाई हटाउने सम्भावना बढेको हो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीका अध्यक्ष थोमस बाचले…