काठमाडौं, कात्तिक २ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत् समूह चरणका तेस्रो खेलहरु मंगलबार (आज) राति हुँदैछन् । समूह ‘इ’, ‘एफ’, ‘जी’ र ‘एच’का खेलहरु मंगलबार राति हुन लागेका हुन् । नेपाली समयअनुसार मध्यरातमा हुने खेलमा स्पेनको रियल मड्रिडले पोल्यान्डको लेजिया वार्ससँग खेल्नेछ । यसैगरी, इंग्लिस क्लबहरु टोटनह्याम हट्सपरले जर्मनीको बायर लिभरकुजेनसँग तथा लेस्टर सिटीले…