गुरुदत्तले स्प्रिन्टको ७५० मिटर पौडी, १० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड ५४ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै १२औं दक्षिण एसियाली खेलकुद सागका स्वर्णधारी भारतकै दिलीप कुमारलाई पछाडि पार्दै उपाधि जितेका हुन् । दोस्रो स्थानमा आएका दिलीपले ५५ मिनेट ५९ सेकेन्डमा दुरी पूरा गरे । तेस्रो स्थानमा नेपालका बसन्त थारु रहे । उनले उक्त दुरी…