नेपाल क्रिकेट खेलाडी संघले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रीपालीले नेपाली क्रिकेट क्षेत्रको सर्वोत्तम् हित र विकासका लागि सबै पक्ष मिल्नुको विकल्प नरहेको बताए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नेपाली क्रिकेटको विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी दिएको सल्लाहकार समितिको समयसीमा सकिन मात्र महिना दिन बाँकी रहेको अवस्थामा क्रिकेट खेलाडी संघले सम्बन्धित सबै…