Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


नेपाल क्रिकेट संघ समाधानतिर अगाडि बढेको आइसीसीको ठहर


0
Shares

आइतबार साँझ विज्ञप्ति जारी गर्दै आइसीसीले शनिबार क्यान विवाद समाधानका लागि गठीत सल्लाहकार समितिसंग भएको छलफल सकारात्मक भएको भन्दै अब तदर्थ समिति गठन गरी साधारण सभाबाट निर्वाचित कार्यसमिति बनाउने जनाएको छ ।

आइसीसीका ग्लोबल कम्युनिकेसन्स अफिसर मेरी गुडबियरले जारी गरेको विज्ञप्तिमा आईसीसीका उपाध्यक्ष ईमरान ख्वाजाको नेतृत्वमा बसेको बैठकले ठोस सहमति गरेको उल्लेख छ ।

ख्वाजाले ‘बैठक अत्यन्त सफल भएको र सहमतिअनुसार अगाडि बढ्ने हो भने नेपाली क्रिकेटमा नयाँ युगको थालनी हुने’ बताएका छन् ।

क्यानको साधारण सभामा भाग लिने प्रतिनिधि संख्याका विषयमा समितिमा मुख्य विवाद थियो ।

निर्वाचित क्यानका प्रतिनिधिले राखेको प्रस्ताव बमोजिम नै संख्यामा सहमति भएपछि अब क्यानको साधारण सभामा ६० जनाको सहभागिता रहने स्रोतले बताएको छ ।

क्यानमा आबद्ध हरेक जिल्लाबाट एक जना प्रनिनिधिले भाग लिन पाउने गरी सहमति बनेको छ ।

त्यस्तै प्रदेशबाट २ जिल्ला बराबर १ प्रतिनिधि तथा विभिन्न तीन उपसमितिका १-१ एक जना गरी साधारण सभामा ६० जनाको उपस्थिति रहने व्यवस्था गर्न लागिएको छ ।