काठमाडौं । फ्रेन्च फुटबल क्लब पि.एस.जी र पोर्चुगलको एफ.सी पोर्टो युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा पुगेका छन् । बुधबार राति भएको समुह ‘एफ’ को खेलमा जर्मनीको बोरुसिया डर्टमण्डसँग एक एक गोलको बराबरी खेल्दै पिएसजी समुह उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा प्रवेश ग¥यो । यो समुहबाट डर्टमण्ड यसअघि नैं नकआउट चरणमा पुगिसकेको थियो ।…