जकार्ता, भदौ ९ । एसियाली खेलकुदमा नेपालले पदकको आशा गरेको कराँतेका खेलहरु आजबाट सुरु भएका छन् । तर पहिलो दिन नै नेपालको काँतातर्फको पदकको आशा भने सकिएको छ । काँतामा सहभागी नेपालका दुबै खेलाडी आज पहिलो खेलमै पराजित भए । प्रि–क्वाटरफाईनल खेलमा नेपालका पर्शुराम बास्तोला कतारका अद्हाम हाशेमसँग ५–० ले पराजित भए । यसैगरी महिला…