इन्डोनेसिया, भदौ ७ । एसियाली खेलकुदको आर्चरी अर्थात धनुषवाणतर्फ आज नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गरेका छन् । आर्चरीको रिकर्भ पुरुष व्यक्तिगत विधामा नेपालका तिलक पुन मगरले एक खेल जिते पनि अन्तिम १६ मा पराजित भए । दिनको पहिलो खेलमा भुटानका निमा वाङ्ग्दीलाई ६/० ले हराएका तिलकले अन्तिम १६ को खेलमा चिनियाँ खेलाडी तियानु झुसँग ६/४…