काठमाडौं । सरकारले नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि मात्रै १ सय ३४ गोताखोरसहित २६ हजार २ सय १९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उनीहरू तीन वटै सुरक्षा निकायबाट तयार भएका जनशक्ति देशभर आवश्यकतामा आधारमा परिचालित हुने जनाएकाे हाे…