काठमाडौं । देशैभर बिहीबारदेखि लगातार ४ दिनसम्म सार्वजनिक बिदा शुरु भएको छ । गृह मन्त्रालयको निर्णय र पूर्वनिर्धारित सार्वजनिक बिदाको सूची अनुसार बिहीबारदेखि आगामी आइतबारसम्म देशैभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू पनि बन्द रहने भएका हुन् । जेठ १४ गते बिहीबार इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इद–उल–अज्हा) परेकोले सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ…