काठमाडाैं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले हालै सरुवा भई विभिन्न कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई अपराधको सफल अनुसन्धानमा अझ बढी केन्द्रित भएर लाग्न निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहमा महानिरीक्षक सिंहले जघन्य अपराध, फरार अपराधी पक्राउलगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा…